सरकारलाइ मनपरी गर्न छुट छैन, , लेखा समितिका सभापति शाह

२२ आश्विन २०७५, सोमबार

२२ असोज,बुटवल । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले मनपरि गर्न खोजे ठेगान लगाउने बताएका छन् । ‘जहा पनि सरकारले मनपरि गर्न खोज्छ, ,सेना,शक्ति उसैको हुन्छ तर हामी निगरानी र खबरदारी गर्छौ ’उनले भने । बुटवलमा सोमबार रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले समितिलाइ स्वतन्त्रपूर्वक काम गर्न पाउने अधिकार संबिधान ऐनमा नै उल्लेख भएको बताउदै त्यहि बाटो अघि बढनें दायाबांया नहुने शाहले बताए । बुटवलमा सोमबार पत्रकारहरुसंगको साक्षात्कारमा उनले भने—‘नेपालमा अहिले ५ खर्बको बेरुजु छ , हामीले मसिनो गरि अध्ययन गर्दै छौं,सरकार गलत बाटोमा हिडे हामीले नियन्त्रण गर्र्छौ । ’ लेखा समितिकै निर्देशनका कारण एनसेलले ६५ अर्ब लाभकर रकम तिर्नु आग्रह गरेको स्मरण गर्दै उनले २३ अर्ब रुपैंया एनसेलले तिरेको र अरु बांकी रकम पनि तिर्न आग्रह गरे ’ । सरकारका गतिबिधि निगरानी गरिरहेको भन्दै ठूल आयोजनामा भ्रष्टाचार हुने संभाबना रहेको र हल्लाहरु आइरहेका प्रति आफुहरु सचेत रहेको प्रष्ट पारे । संसदले बनाएका ऐन कानुन अनुसार सरकार अघि नबढे सरकार आफै फेल भएर जाने उनको भनाइ छ । सरकारले खरिद गरेको वाइडबढि बिमानको मुल्य नै बढि छ ,सार्वजनिक खरिद ऐनको बिरुद्धमा रहेको भन्दै उनले प्रतिबेदनमाथि छलफल गरिरहेको जानकारी दिए । लेखा समितिले चिनीको खुद्रा मूल्य ६३ रुपैया कायम राख्न सरकारलाई निर्देशन दिएको भन्दै उनले चिनी उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेटमा खुद्रा मूल्य ६३ रुपैयासम्म पर्ने बताएकाले यहि मूल्यलाई आधार मान्दै समितिले पनि ६३ रुपैयाँ तोक्न निर्देशन दिएको उनको भनाइ छ ।

Leave a Reply