न्यायीक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध कमल थापा

२३ आश्विन २०७५, मंगलवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्यायीक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध रहेको बताएका छन ।

पार्टी निकट कानुन व्यवसायीहरुको संगठन राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले न्यायीक क्षेत्र विवादमुक्त नभएकोमा चिन्ता प्रकट गरे ।

सबै उपचारको ढोका बन्द भएपछि अन्तिम आस्था र विश्वासको केन्द्र अदालत हो भन्दै थापाले अदालतको आस्था र विश्वासमा प्रश्न चिन्ह उठ्नुलाई स्वभाविक रुपमा लिन नसकिने दावी गरे। न्याय र कानुनको विश्वासलाई जनमानसमा पुनस्र्थापित गर्ने चुनौति रहेको बताउँदै अध्यक्ष थापाले न्यायीक क्षेत्रको स्वतन्त्रता र सर्वोच्चतामा राप्रपा सदैव प्रतिबद्ध रहेको विचार व्यक्त गरे।
‘जस् हामीले पायौं कि पाएनौं, थाहा छैन तर प्रधानन्यायाधिश सुशिला कार्कीको महाअभियोग प्रस्तावको हामीले विरोध मात्र गरेनौं, उपप्रधानमन्त्री सहित सातवटा मन्त्रालय त्याग्यौं’ भन्दै उनले प्रधानन्यायाधिश माथिको महाअभियोग प्रकरणको स्मरण गरे ।
।संविधानबाट निकास र अदालतबाट न्याय पाईन्छ भन्ने विश्वास भएन भने जस्तोसुकै परिवर्तन पनि स्थायी र दिगो नहुने उनले बताएका छन्
धेरै राजनीतिक परिवर्तनमा कानुन व्यवसायीहरुको सकारात्मक भूमिकाको अपेक्षा समेत उनले गरे। अध्यक्ष थापाले नेपाल र नेपाली जनताका आफ्नै किसिमका विशिष्ट र मौलिक संस्कृति, पहिचान रहेको चर्चा गर्दै वैदिक र सनातन मूल्य मान्यतालाई कमजोर बनाउने षडयन्त्रप्रति विद्वतवर्ग सचेत हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै राप्रपाका नेता एवं सांसद राजेन्द्र लिङदेनले न्यायालयमा भएको तिव्र राजनीतिकरण र न्याय सम्पादन जनताको सरल पहुँचमा नभएको प्रति चिन्ता प्रकट गरे ।
राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेर बहादुर के।सी।, सर्वोच्च बार अध्यक्ष खगेन्द्र अधिकारी, नेपाल कानुन व्यवसायी संगठनका संयोजक रुद्र नेपाल, प्रजातान्त्रिक कानुन व्यवसायी संगठनका अध्यक्ष योगेन्द्र अधिकारी, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे र भुपेन्द्र पोखरेल लगायतले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply