चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधिको मनोबल घट्छ

२३ आश्विन २०७५, मंगलवार

यौन जन्य हिंसामा बृद्धि भएपछि पोखरामा बिभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गर्देआएका छन । कसैले कानुनी सचेतना कार्यक्रम को आयोजना गरेका छन भने कसैले यौन जन्य हिंसाका बिषयमा जनचेतना जगाइरहेका छन । सोमबार देखि इम्पावर वुमन एण्ड चिल्ड्रेन नेपालले बिद्यालयका छात्राहरुलाइ प्रदेश स्तरिय आत्मरक्षा तालिम दिन शुरु गरेको छ । राष्ट्र«का नारी हाम्रो गौरब,किशोरीको आत्मसम्मान र सुरक्षा हाम्रो अभियान भन्ने मुल नाराका साथ पोखराकोे बिन्ध्यवासिनी माबिबाट अभियान शुरु गरिएको हो । अभियनलाइ गण्डकी प्रदेशका बिभिन्न सामुदायीक र निजी बिद्यालयका साथै आबश्यकता माग भएमा आमा समुह,युवा क्लब, किशोरी सञ्जाल लगाएतका संघ संस्थामा पनि तालिम दिन सकिने संस्थाका अध्यक्ष सुमिता बस्नेतले जानकारी दिइन । बस्नेत आकस्मिक रुपमा हुने आक्रमण बाट बच्न आत्मरक्षा तालिम सहयोगी बन्ने बताउँछिन । तेक्वान्दोका सेकेन्ड डन जीवन खाँतीले प्रमुख प्रशिक्षकको रुपमा तालिम दिइरहेका छन ।तालिमले छात्राहरुमा शारिरिक र मानसकि आत्मबल बढ्ने उनले बताए। केही हदसम्म चर्को स्वर गरेर प्रतिकार गर्ने हो भने पनि अपराधिको मनोबल घट्छ, उनले भने । पोखराको बिन्ध्यवासिनी माविमा कक्षा ७ मा अध्यनरत ममता अधिकारीले कसैले हातपात गर्न खोजे कसरि प्रतिकार गर्ने भन्ने कुरा तालिम बाट सिकेको बताइ ।तालिमले आफ्नो सुरक्षा आफै गर्न आत्मबल मिलेको तालिममा सहभागी छात्राहरुले बताए ।

Leave a Reply