९ सय जना किशोरीले एकै दिनमा हिंसा बिरुद्ध आवाज उठाउदै

२३ आश्विन २०७५, मंगलवार

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर असोज २५ गते देशभरिका ९ सय किशोरीहरुले एकै दिनमा हिंसा बिरुद्ध आवाज उठाउदै छन। आफ्नै सवालमा देशैभरिका सामुदायिक रेडियोमा वहस गर्ने भएका छन् । किशोरीले आफैले नेतृत्व गरेर रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारि समेत गराउनेछन् । जसमा ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् जस अनुसार देशभरि ९ सय जना नयाँ किशोरी एकै दिन रेडियोमा प्रवेश गर्नेछन् ।
सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम संचालन हुने भएको हो । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रम केन्द्रित हुनेछ ।
प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका सामुदायिक रेडियोको साथमा हुन लागेको कार्यक्रमले तल्लो तहसम्म किशोरीको समस्याहरुमा बहस गर्नेछ । किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।
टेकओभरमा सहभागी हुँदा किशोरीहरु थप प्रेरित भई समाजमा बालिका, किशोरी र महिलाविरुद्ध हुने हिंसा, दुव्र्यवहार, विभेद जस्ता समस्या समाधानका लागि उनीहरुकै नेतृत्वमा प्रभावकारी अभियान सञ्चालन हुने अपेक्षा गरिएको छ । गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले बताउनु भयो । गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् । अकोराबका अध्यक्ष सुवास खतिवडाले कार्यक्रमले नेपालमा ९ सय जना किशोरीहरुले हिंसा विरुद्ध आवाज उठाउनु आफैमा नयाँ भएको बताउनुभयो ।

Leave a Reply