पोखरा ।जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको छ ।उनी पाँच लाख रुपैयाँ घुससहित एक पक्राउ परेका हुन । उनले मुद्दा मिलाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। कार्यालयका सुचना अधिकारी रमेश ढकालकाअनुसार बिहान पौने ९ वजेको समयमा उनी कार्यालयबाटै पक्राउ परेका हुन । मुद्दा जितेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने भन्दै उनले घुस मागेको सेवाग्राहीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । थापालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको ढकालले जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.