प्रदेश नम्बर ३ सरकारका काम मन्द गतिमा,अपेक्षाअनुसारको काम गर्न नसकेको नागरिकको गुनासो

२५ आश्विन २०७५, बिहीबार

हेटौंडा ।३ नम्बर प्रदेशमा सरकार गठन भएको ८ महिना पुग्न थालिसक्यो तर प्रदेश सरकारको काम भने मन्द देखिएको छ ।जनताका अपेक्षा अनुसार प्रदेश सरकारले काम गर्न नसकेको भन्दै नागरिकले गुनासो गर्न थालेका छन । प्रतिपक्ष ले मात्र होइन ७र८ महिनासम्म सरकारले झिना मसिना कार्यक्रम र सभा समारोहमै आफूलाई केन्द्रित गरेको प्रति नागरिक निराश छन । आगामी दिनमा प्रदेशसरकारले जन अपेक्षा बमोजिम काम गर्ने जनताले सुझाव दिएका छन ।

केन्द्रीय राजधानीसमेत रहेको यो प्रदेशलाई जनताले अलि बढी अपेक्षाका साथ हेरिरहे पनि सरकार भने कानुन निर्माणमै अल्झेको देखिन्छ ।
त्यस्तै विकास निर्माणका काममा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन । जसले सरकार आलोचित हुन थालेको छ ।
अर्कोतिर १ सय ९९ ओटा कानुन प्रदेशले निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म १८ ओटा कानुन मात्रै निर्माण गरिएका छन् ।
स्थायी राजधानी नामाकरणको विषय पनि अझै अनिर्णित नै छ । अर्कोतिर प्रतिपक्षीले पनि सरकारको गतिविधिलाई प्रति असन्तुष्ट छ ।
दुईतिहाइको सरकारबाट जनताले ठूलो आशा गरेको भएपनि यो सरकारले केही गर्न नसकेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिना उपाध्याय बताउछिन ।
यद्यपि प्रदेश सरकारको गौरवको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी सुरुङमार्गको निर्माणको गृहकार्य भने आफैले थालेको छ ।
कानुनको अभावका कारण सोँचेजति काम गर्न नसकिएको प्रदेश प्रमुख डोरमणि पौडेल स्वीकार्छन । सरकारले हिड्ने बाटो पहिल्याएको छ ,अब बाटो फराकिलो पार्दै त्यसमा कुँद्ने काम मात्र बाँकी छ मुख्यमन्त्री पौडेल ले भने
प्रतिपक्षले आलोचना गर्ने ठाउँ नपाएर आलोचनाका लागि आलोचना गरिरहेकोले त्यसको कुनै अर्थ छैन ।

Leave a Reply