विश्वबाट कम्युनिस्ट सरकार हराएर जाने , प्रमुख सचेतक खांड

२५ आश्विन २०७५, बिहीबार

मुकेश यादव बारा,
२५ असोज नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांडले विश्वबाट नै कम्युनिस्ट सरकार विलय भएर जाने बताएका छन । नेपाली कांग्रेस नगर कार्य समितिले जितपुर सिमरा उपमहानगरपालिकाको मध्यमाञ्चल स्वास्थ्य तालिम केन्द्र पथलैयामा आयोजना गरेको खुल्ला रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सचेतक खांडले यस्तो बताएका हुन । वहाँले आउदो १० वर्ष भित्रमा विश्वभरीका कुनै पनि मुलुकमा कम्युनिस्ट सरकारमा नरहने ठोकुवा गरे । जब १० वर्ष भित्र मा विश्वबाट नै सरकारबाट हराएर जान्छ भने नेपालको त कुरा नै गर्नु पर्दैन प्रमुख सचेतक खांडले ओली नेतृत्वको सरकारले बोलीमा मात्र सिमित रहेको छ । निर्मला पन्तको दोषीलाई पक्राउ गरि कारवाही गर्न नसकी दिन प्रति दिन मुलुकमा हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि ओली नेतृत्वको सरकारले दोषीलाई बचावको पक्षमा लागेको संज्ञा दिएका थिए । ओलीको बोलीको भरमा सरकार नचल्ने ठोकुवा गर्दै प्रमुख सचेतक खांडले सरकारले जनतामाथि लादेको करले जनताहरू असन्तुष्ट छन, जनता असन्तुष्ट भएपछि सरकार चल्दैन । संविधानको रक्षा गर्नको लागि, लोकतन्त्रको रक्षा, मुलुकमा शान्ति, स्मृद्धि र विकासको लागि नेपाली कांग्रेसले आन्दोलन गर्ने बताए । अहिले सबैले मिलेर पार्टीलाई मजबुत बनाउनु पर्ने दिन आएको प्रमुख सचेतक खांडले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले यो सरकार पांच वर्ष सम्म रहनुको त कुरै छोडौ सरकारको रवैयाले गर्दा साढे दुई वर्ष सम्म नटिकने ठोकुवा गरे । कार्यक्रममा पर्साका सभापति अजय द्विवेदी, प्रदेश सभा सदस्य शोभा लामा, पुर्व सांसद मधुशाही ठकुरी, नेपाल तरूण दल बाराका अध्यक्ष लुकेश सिंह, ट्रेड युनियनका विश्वमणी शर्मा लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । नगर सभापति श्यामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सुशील ढोडारीले गरेका थिए भने सञ्चालन कालिका ढकालको रहेको थियो ।

Leave a Reply