सरकारको निर्णयको स्वागत, प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षलाई गम्भीर र जिम्मेवार बन्न आग्रह

२५ आश्विन २०७५, बिहीबार

न्युनतम पारिश्रमिक निर्धारण समितिले संचार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार एवं कामदार कर्मचारीको पारिश्रमिक २५ प्रतिशत वृद्धि गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।
समितिको गत भदौ २४ र २५ गते काठमाडौंमा सम्पन्न बैठकले सञ्चार प्रतिष्ठानको वर्गीकरणका आधारमा ५० प्रतिशतसम्म पारिश्रमिक पुनरावलोकनको सिफारिस गरेको भए पनि एकमुष्ठ २५ प्रतिशत वृद्धि गर्ने निर्णयलाई समितिले सकारात्मक रुपमा लिएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताए।
यो निर्णयले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई फाइदा पुग्ने पराजुलीको विश्वास छ।
यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षलाई गम्भीर र जिम्मेवार बन्न समितिले आग्रह गरेको छ। समितिको सुझाव अनुसार संचार प्रतिष्ठानको सवलीकरणका लागि पनि सरकारले उपयुक्त निर्णय लिने अध्यक्ष पराजुलीको विश्वास छ।

Leave a Reply