६३ औ प्रहरी दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

२५ आश्विन २०७५, बिहीबार

६३ औ प्रहरी दिवसको अवसरमा ४ नम्बर प्रदेशले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गर्यो। सम्मानित ब्याक्तिहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, ४ प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दान सिंह बोहोरा लगायतले सम्मान गरे।
कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम राना मगरले चार नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान प्राप्त गरे । चार नम्बर प्रदेशमा रहेका ११ जिल्ला मध्ये कास्कीमा अपराध अनुसन्धानमा विशेष काम गरेवापत उनलाइ सम्मान गरिएको हो ।
राना सहित कास्कीका ४ जना प्रहरी अधिकृतहरु सम्मानीत भए । कास्कीमा अपराध रोकथाम तथा नियन्त्रण एवं अनुसन्धान, सामुदायिक सेवा केन्द्रहरु परिचालन, सवारी दुर्घटना न्युनीकरण, लागुऔषध ओसारपसार एवं सेवन नियन्त्रण, फरार अपराधीहरुको खोजी तथा पक्राउ गर्नुको साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख ओम रानालाई गण्डकी प्रदेशको ११ जिल्ला मध्ये उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मान गरेको हो । त्यसैगरी अपराध रोकथाम तथा अनुसन्धानमा उत्कृष्ट काम गर्दे बैदाम क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न बिशेष योगदान पु¥याउनुका साथै कार्यालय ब्यवस्थापनमा उत्कृष्ट रहेको भन्दै वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्कीलाई सम्मान गरिएको छ ।
कास्कीको ट्राफिक ब्यवस्थापनमा विशेष योगदान पु¥याएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्ल सम्मानित भए । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरिक्षक सन्तोष सुवेदीलाई अपराध अनुसन्धानमा विशेष योगदान पु¥याएको भन्दै उत्कृष्ट अनुसन्धान अधिकृतको विधामा सम्मान गरीयो । चार नम्बर प्रदेशमा उत्कृष्ट साहसिक कार्य तर्फ ससस्त्र प्रहरी गण मुख्यालय पोखराका प्रहरी जवान ओम बहादुर सोमै, उत्कृष्ट साहसिक कार्य ९प्राकृतिक प्रकोप उद्दार तर्फ० जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी नायब निरीक्षक हीरा थापा मगर, उत्कृष्ट कार्यालय व्यवस्थापन तथा अनुसन्धान तर्फ वडा प्रहरी कार्यालय वालिंग स्याङ्जाबाट प्रहरी निरीक्षक शंकर प्रसाद आचार्य र उत्कृष्ट प्रहरी कार्य तर्फ ४ नं। प्रदेश प्रहरी कार्यालय पोखराबाट प्रहरी नायब उपरीक्षक गोविन्द पुरी सम्मानित भएका छन ।

Leave a Reply