डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा दयाराम आचार्य

१५ कार्तिक २०७५, बिहीबार

पोखरा ,डाँफे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले दयाराम आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष,सचिब र कोषाध्यक्षमा क्रमशःइश्वरी प्रसाद बाँस्तोला,नारायण प्रसाद आचार्य र हिमलाल आचार्य रहेका छन ।त्यसैगरि सदस्यहरुमा बिष्णू कूमारी आचार्य बाँस्तोला,रामजी प्रसाद तिवारी ,राधिकाअधिकारी,सिता चाँपागाई र मूत्तिनाथ आचार्य रहेका छन । ऋण उपसमितिको संयोजकमा मूत्तिनाथ आचार्य,लेखा तथा सूपरिबेक्षण समितिको संयोजकमा कृण्ण प्रसाद आचार्य,शिक्षा उपसमिति संयोजकमा भोजराज आचार्य र महिला उपसमिति संयोजकमा सरिता तिमिल्सना पगेनी चयन भएका छन ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेशका भूमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेख बहादूर थापामगरले सहकारीहरुले उत्पादन मूलक कार्यमा जोड दिन आग्रह गरे। सहकारी मार्फत स्वदेशमै  रोजगार सृजना गर्न सकिने बताउदै मन्त्री थापाले गण्डकी प्रदेशमा एक सहकारी एक उत्पादन को रुपमा अभियान संचालन गर्ने  आबश्यक रहेको  बताए।जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष बलराम गौतमले सहकारी ऐन सहकारी मैत्रि नभएको उल्ल्लेख गर्दे यदि राज्यले सहकारीले उत्पादन मूलक क्षेत्रमा लगानी गरोस भन्ने  चाहान्छ भने  त्यसको लागि  सरकारले नीतिगत रुपमै ब्यबस्थ गर्नू पर्नेमा जोड दिए । संस्थाका अध्यक्ष माधब प्रसाद बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १९ का अध्यक्ष शोभामोहन पौडेल ,पोखरा उद्योग बाणिज्य संघका सदस्य बलराम आचार्य,जय मनकामना बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नबिन भण्डारी ,डाँफे मसलन्द उत्पादक सहकारी संस्थाका अध्यक्ष शीब तिवारी, संस्थाका उपाध्यक्ष दीपा बाँस्तोला,सचिब ईश्वरी प्रसाद बाँस्तोला  लगाएतले बोलेका  थिए।
कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन अध्यक्ष माधब प्रसाद बाँस्तोलाले प्रस्तूत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष दयाराम आचार्य ले प्रस्तूत गरेका थिए ।त्यसैगरि लेखा समितिको प्रतिबेदन लेखा सूपेरिबेक्षण समिति का संयोजक कृण्ण प्रसाद गौतमले प्रस्तूत गरेका थिए।  कार्यक्रममा असल बचतकर्ता,असल ऋणी,एस इ इ परिक्षामा उतिर्ण शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply