प्रधानमन्त्रीको स्वास्थ्यवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी

१५ कार्तिक २०७५, बिहीबार

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियाथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भेटी उहाँको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु्भयो ।

Leave a Reply