पीपीएलमा चितवनकाे लगातार दाेस्राे जित, काठमाडाैं १३ रनले पराजित

१५ कार्तिक २०७५, बिहीबार

पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा चितवनले काठमाडौलाई १३ रनले हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने संभावना बढाएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । लगातार तीन खेलको हारपछि धनगढी विरुद्ध पहिलो जित निकालेको चितवनले आजपनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाह विच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे ।

त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । धनगढी विरुद्ध अर्धसतक प्रहार गरेका हरीशंकरले आजपनि ६० रनको योगदान गरे । उनले ४९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङ तर्फ बसन्त रेग्मीले दुई तथा पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए ।

जवाफमा राम्रो सुरुवात गर्न नसकेको काठमाडौ २० ओभरमा नौ विकेट गुमाउदा एक सय ३६ रन बनाउन सक्यो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडौले २३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए भने अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ ब्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडौले ८१ रनमा तेस्रो विकेट खेर फाल्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोर विच राम्रो साझेदारी भइरहेका बेला चितवनका कप्तान पारस खड्काले यो साझेदारी तोड्न सफल भए । तोमर ३९ रनमा आउट भएपछि काठमाडौले खेल आफ्नो हातबाट फुस्कायो । लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौले एक सय २५ रनमा सात विकेट गुमायो ।

त्यसपछि पुछारका खेलाडी एकपछि अर्को विकेट झरेपछि काठमाडौले प्रतियोगितामा पहिलो हार ब्यहोर्यो । बलिङ तर्फ करण केसीले तीन तथा पारस खड्काले दुई विकेट लिए ।

Leave a Reply