सस्कृती जोगाउन नौमती वाजा निशुल्क हस्तान्तरण

१५ कार्तिक २०७५, बिहीबार

पोखरा,  पोखरा महानगरका ३३ वडा मध्य नमूना वडा वन्ने प्रयासमा अगाडी वढेको वडा नं १३ यतीवेला सस्कृती संरक्षणमा जुटेको छ । लोपोन्मुख वन्दै गएको परंपरागत नौमती वाजालाई जोगाउन वडाध्यक्ष दर्शन लामाले आफ्नो वडा भित्रका तीन वटा समूहलाई एक÷एक सेट नौ मती वाजा निशुल्क हस्तान्तरण गरेका छन् । स्थानीयले नौमती वाजाको संरक्षणवाट वडामा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।
नेपाली कला, सस्कृती र प्राकृतीक दृष्यहरु हेर्नका लागी विदेसी पर्यटकहरु नेपाल आउने गर्दछन् । विशेषगरी नौमती वाजाको धून पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमती वाजा वजाउने गरिन्छ । नौमती वाजाको धूनले पर्यटकलाई आकर्षण गर्ने र यसवाट आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित वाजा वितरण गरिएको अध्यक्ष लामाले वताए ।  ‘कला र सस्कृतीको संरक्षणले समृद्ध वडा निर्माणमा टेवा पुग्ने छ’– वडाअध्यक्ष लामाले भने । २०७४ जेठ १६ गते वडाध्यक्षको रुपमा काम सुरु गरेसँगै वडा नं १३ लाई नमूना वडा वनाउन लागी परेका वडाध्यक्ष लामालेआफ्नो वडा कार्यालयलाई अपाङमैत्री देखी प्रविधि मैत्री वडा वनाइसकेका छन् । आफ्नो कार्यकालमा वडा नं १३ लाई धूलोमुक्त वडा वनाउने प्रयासमा सक्रिय रहदै आएका वडाध्यक्ष लामाले वडाभित्र भौतीक, सामाजिक, शैक्षिक, तथा सास्कृतीक विकासमा लागि परेका छन् ।
तीन लाख ४० हजार मूल्य वरावरको तीन सेट वाजामा दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याङ्को र एउटा झ्याली रहेको छ । बाजा ग्रहण गर्ने समुहलाई नौमती बाजाको संरक्षणका साथै बाजाका धुन पोखरामा नमुना बनाइ उदाहरणीय बन्न वडाध्यक्ष लामाले अनुरोध गरे ।
नौमतीवाजालाई पुख्र्यौैली पेसा वनाउदै आएका आर्वा बाजा समुहका चिनबहादुर परियारले सहयोग स्वरुप पाएको बाजावाट जीवनमा रोजीरोटीको लागि ठूलो सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरे । वडाले दिएको बाजा हातमा पर्दा वाध्यवादन समूहका सदस्यहरु उत्साही देखिन्थे । वाजा प्रदान गरेर आफ्नो व्यवसायमा  हौसला प्रदान गरेको भन्दै उनीहरुले वडाध्यक्ष लामाप्रति आभार व्यक्त गरे ।

Leave a Reply