फोन गर्न रुख र डाडोको खोजीमा

१७ कार्तिक २०७५, शनिबार

राजेन्द्र कार्की । जाजरकोट
बर्दिया स्थित एक स्वास्थ्य संस्थामा ल्याव टेक्निसियन अध्ययनरत जुनीचाँदे ४ कोर्ताङ्गकी मीना शाहीलाई घरमा सम्पर्क गर्न निकै कठिन हुने गरेको छ । घरमा आएको बेला पनि सहज तरीकाले फोन लाग्दैन । नमस्तेको फोनले कामै गदैन भने स्काईको फोनले दिउँसो मात्र अलिअलि काम गर्छ । त्यही पनि कि त रुखमा चढ्नु पर्छ कि अग्लो डाँडामा जानु पर्ने बाध्यता छ । होचो भुभागमा फोन लागेपनि कुराकानी बुझिदैन ।
फोनको टावर गतिलो नटिपेर  कुरा नवुझिने भएपछि शाही फोनको टावर टिपाउन रुख र डाडोको खोजीमा  जाने  गर्छन् ।  रुखमा नचेढे  या अग्लो  स्थानमा  नगए सम्म फोनमा कुरा गर्न पाइदैन, उनले भनिन । गाउँमा भएको  स्काइ फोनको टावर विग्रेर सेवा गतिलो नहुदा  आफुहरु  फोन गर्दा रुख र डाडोको खोजीमा हिड्ने गरेको शाहीको  भनाइ  छ ।  यस्तै  सोहि गाउँपालिकाको  वडा नम्वर ४ का बलबहादुर खड्काको समस्या पनि  त्यहि छ । फोन आयो भने घरमा वस्नै पाइदैन  टावर टिप्ने  ठाउँको खोजीमा  जानु पर्छ ।  फोन आयो भने  गाउँका अग्लो स्थानतिर  कि  रुखको टुप्पोमा  गएर कुरा गर्नुपर्छ   नत्र कुरा केही वुझिदैन, खड्काले भने ।
उनीहरु मात्र होइन  जुनीचाँदे गाउँपालिकामा फोन प्रयोग गर्ने सवै सर्वसाधारणको समस्या  हो  यो । नेपाल टेलिकमको  स्काइ  सेवा मात्र केहि सिमित स्थानमा भएको जुनीचाँदेका  २५ हजार  जनताले  सन्चारको असुविधाका कारण   ठुलो सास्ती वेहोर्नु परेको  स्थानीय कर्ण कार्कीले वताए ।  उनले  जुनीचाँदे २ मजकोटमा रहेको नेपाल टेलिकमको  टावरले काम नगर्दा  फोन गर्न  रुख र  डाँडोको खोजी गर्नु परेको  वताए ।  पावर अभाव र टेलिकमका कर्मचारीहरुको  लापरवाहिका कारण जुनीचाँदेका जनताले टेलिफोनको  गतिलो सुविधा पाउन नसेकेको वताए । पुरै गाउँपालिका भरि  स्काइ फोनको मात्र  पहुच भएको भनिए पनि  सेवा भरपर्दाे  नभएको  स्थानीयको  गुनासो  छ । टेलिकमले  गाउँपालिकाको वडा नम्वर  ५ गर्खाकोट र अन्य स्थानमा  नमस्ते मोवाइलको टावर सर्वे गरेको दुइ तीन वर्ष वितेपनि  अहिले सम्म कामको कुनै सुरसार नभएको  वडा नम्बर ५ मालिका बस्नेतले वताइन । उनले  गाँउको पिडा वोलिदिने नेता र  पहुच भएको मान्छे नभएका कारण आफुहरुले सन्चारको असुविधाले सारै पिडित भएको वताए ।   गाउँपालिकाका  विभिन्न स्थानमा रहेको स्काइ फोनको टावर  निर्माण  तथा मर्मत  सुधारका लागि  सरोकारवाला निकायमा  वारम्वार ताकेता गरेपनि  सुनुवाइ नभएको  गाउँपालिकाका अध्यक्ष  कृष्णवहादुर केसीले वताए । उनले  आफुहरुले लिखित र मौखिक रुपमा  धेरै पटक  नेपाल टेलिकम र अन्य निकायमा आग्रह गरेको तर सुनुवाइ नभएको वताए । गाउँ कार्यपालिकाको वैठकले पनि निर्णय गरेर सम्वन्धित निकायमा फोन सेवाको सुधार र विस्तारको लागि  आग्रह गरिएको तर सुनुवाइ नभएको अध्यक्ष केसीले वताए ।
नेपाल टेलिकमको जाजरकोट कार्यालयका निमित्त प्रमुख लोकेन्द्र भण्डारी जुनीचाँदेको  फोन सेवा पावर अभावमा  गुणस्तरहिन भएको र टावर सन्चालनका सोलार व्याट्री फेर्न टेलिकमको क्षेत्रिय कार्यालय नेपालगन्जमा वारम्वार पत्राचार गरेपनि सुनुवाइ नभएको वताए ।  उनले  मजकोट लगाएतका टावरहरुमा  पाँच वर्ष पुराना सोलरका व्याट्रीहरु रहेको  र ती व्याटीहरु काम नलाग्ने जस्तै भइसकेको वताए । उनले  भने ‘गर्खाकोट लगाएतका स्थानमा वन्ने नमस्ते मोवाइलका टावरहरु  यस आर्थिक वर्षमा निर्माण सुरु गर्न सम्झौता भइसकेको छ । आशा गरौ अव छिटै काम हुन्छ कि ।’  जिल्लाको सवै भन्दा  विकट र दुर्गम गाउँपालिकाको  रुपमा रहेको  जुनीचाँदे गाउँपालिकामा  फोनको सेवा  भने निकै कष्टपुर्ण रहेको  स्थानीय जनताको गुनासो  छ । फोनको सुविधा समेत दिन नसकेको भन्दै  जुनीचाँदेका स्थानीयहरुले  जनप्रतिनिधिप्रति तिव्र आक्रोस पोख्न थालेका छन् ।

Leave a Reply