रोकिएनन बलात्कारका घटना,सुनसरीमा फेरि ६ बर्षीया बालिका बलात्कृत

१८ कार्तिक २०७५, आईतवार

ईटहरी ।बलात्कारका घटनाहरु बाहिर आउने क्रम बढिरहेको छ । गत कार्तिक ७ गते  इटहरीमा १४ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा २६ बर्षीय नवीन बिक पक्राउ परेका थिए ।
इटहरीमा नै फेरि अर्की बालिका बलात्कृत भएको घटना बाहिरिएको छ । इटहरी ५ स्थित काव्यबाटिकाका १८ बर्षीय भवानी आचार्यले स्थानीय ६ बर्षीया बालिकालाई बलात्कार गरेको जानकारी बाहिर आएको हो  ।
कक्षा ११मा  अध्ययनरत  आचार्यले बालिकालाई जर्बजस्ती  करणी गरी बलात्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डिएसपी शिबकुमार श्रेष्ठका अनुसार घटना केही समय पहिलेको भए पनि शनिबार मात्र उजुरी परेपछि पीडक पक्राउ परेका हुन ।
घटनाको बिषयमा  थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए

Leave a Reply