गच्छदार कांग्रेसका उपसभापति

२० कार्तिक २०७५, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाए।मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनयन गरेको थियो ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ ।  गच्छदारलाई उपसभापति बनाउदा विधानको यो व्यवस्था मिचिने भएका कारण  बाधा अडकाउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाएका हुन् ।

केन्द्रीय समितिको बैठकले कांग्रेससँग पार्टी एकीकरण गरेको नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न विमलेन्द्र निधीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ।  विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो ।

मंगलबारको बैठकले गच्छदारलाई उपसभापति बनाएपछि नेपाली कांग्रेसले तराई मधेशबाटै बिमलेन्द्र निधिसहित दोस्रो उपसभापति पाएको छ .

 

Leave a Reply