माछापुच्छ्रेको काखमा घरेलु टिमको सान पिपिएल क्रिकेटको उपाधि पोखरालाई

२० कार्तिक २०७५, मंगलवार

 मध्यक्रमका ब्याट्सम्यान रवि इन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल भिडन्तमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।

पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ। चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ।

चितवन राइनोजका अलराउन्डर सनी पटेल उत्कृष्ट खेलाडी बने। उनले प्रतियोगितामा ७ इनिङमा १ अर्धशतकसहित १ सय ९४ रन जोडेका थिए। यस्तै उनले १० विकेट लिन सफल भए।

चितवन राइनोजकै तीव्र गतिका बलर करण केसी प्रतियोगिताको उत्कष्ट बलर घोषित भए। उनले प्रतियोगितामा सर्वाधिक विकेट लिने क्रमा ७ इनिङमा १२ विकेट लिए।

यता हुलास काठमाडौं रोयल्यसका गौरव तोमार उत्कृष्ट ब्याट्सम्यान भए। २ अर्धशतक प्रहार गरेका तोमारले प्रतियोगितामा सबैभन्दा बढी ६ इनिङमा २ सय १२ रन जोडेका थिए।

प्लेयर अफ दि सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर भएका तीनै जनालाई सुजुकी मोटरबाइक प्राप्त गरे।

फाइनलमा चितवन राइनोजलाई ३ विकेटले हराएर च्याम्पियन बनेको पोखरा पल्टनका तीव्र गतिका बलर रासिद खान इमर्जिङ खेलाडी भए। उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो। पोखराकै स्पिनर ललितनारायण राजवंशी मोस्ट भ्यालुएबल खेलाडी भए। उनलाई  १ लाख १ हजार रुपैयाँ प्रदान गरियो।

Leave a Reply