वडा अध्यक्षले शिक्षक कुटे

२१ कार्तिक २०७५, बुधबार

प्यूठान,  बिद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा व्यवस्थापन समिति र शिक्षक बिच छलफल गर्दै गर्दा प्यूठानको झिमरुक गाउँपालिका ८ टिमुरचौर स्थित जनता मा वि का शिक्षक सिद्दमान एम सीलाई वडा अध्यक्ष तुलस बस्नेतले कुर्ची प्रहार गरि घाइते बनाएका छन् । शिक्षक एम सी को प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको र उनको टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । ु हामी जनप्रतिनिधि भनेका राजा जस्तै हौ, शिक्षक भनेका नोकर हौ, हामीलाई राजाको व्यवहार गर्नुपर्छू वडा अध्यक्ष तुलस बस्नेतले यहि शब्द बोल्दै शिक्षकहरुलाई हपारेको र तपाई किन यसरी अनावश्यक बोल्नुहुन्छ भनेर शिक्षकले कार्यालयमै भन्दा कुर्ची टाउकोमा प्रहार गरेको प्रतक्षदर्सी सोहि बिद्यालयमा कार्यरत अर्का शिक्षक शसिधर घिमिरेले बताउनुभयो । घाइते शिक्षक सिद्दीमान एम् सीले आफू अन्यायमा परेको भन्दै न्याय दिलाउन पेशागत संघ, संगठन, शिक्षक महासंघ र अदालत सम्म जाने बताए । कुटेको आरोप लगाईएका वडा अध्यक्ष तुलस बस्नेतलाई फोन सम्पर्क गरि अटनाबारे थप बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन ।

Leave a Reply