हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन धर्ना : यज्ञराज पन्त

२५ कार्तिक २०७५, आईतवार

कञ्चनपुर ।छोरीको  बलात्कारपछि हत्या भएको ४ महिना हुन लागिसक्यो ,सरकारले हत्यारालाई पक्राउ गरि कार्वाही गर्न सकेको छैन । बाध्य भएर  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबुआमा न्यायको खोजीमा अनिश्चितकालीन धर्ना सुरु गर्दैछन् ।निर्मलाका बुबा यज्ञराज पन्तले सरकारलाई दबाब दिन आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने बताए । धर्ना बस्नुअघि महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा  परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
निर्मला हत्याकाण्ड पत्ता लगाउन बिभिन्न समिति बने पनि समितिले  आज सम्म हत्यारा पत्ता लागाउन सकेको  छैन ।
धर्ना कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुने निर्मलाका बुबा यज्ञराज पन्तले बताए।

Leave a Reply