पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुग्यो,बिश्वभर स्मृति कार्यक्रम

२५ कार्तिक २०७५, आईतवार

काठमाडौं । पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पुगेको छ । आइतबार पहिलो विश्वयुद्ध सकिएको एक सय वर्ष पूरा गरेको अवसरमा विश्वभर स्मृति कार्यक्रम गरि मनाइँदै  छ।   आइतबार पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकी पुगेको हो । शनिबार शतवार्षिकीको पूर्वसन्ध्यामा बेलायतको रोयल अल्बर्ट हलमा स्मृतिसभाको आयोजना गरिएको हो । वार्षिक स्मृति सम्मेलनमा बेलायती महारानी एलिजावेथका साथमा प्रिन्स ह्यारी पनि सहभागी भएका थिए । सो सम्मेलनमा बेलायती प्रधानमन्त्री थेरेसा मे पनि सहभागी भएका थिए । सैन्यबल च्यारिटीले यो सम्मेलन आयोजना गरेको थियो । यो सम्मेलनमा विश्वचर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । पहिलो विश्वयुद्ध १९१४ जुलाई २८ बाट सुरु भई १९१८ नोभेम्बर ११ मा सकिएको थियो । यो विश्वयुद्धमा सात करोड सैनिकहरु परिचालन गरिएको थियो, जसमा छ करोड युरोपियन सैनिकहरु रहेका थिए । यो युद्धमा ९७ लाख सैनिकहरु र एक करोड सर्वसाधारणहरुले ज्यान गुमाएका थिए ।
एजेन्सी

Leave a Reply