पोखरामा आफ्नै श्रीमतीको हत्या गरी फरार घर्ती रुपन्देहीमा पक्राउ

२५ कार्तिक २०७५, आईतवार

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुर्गाबहादुर घर्तीलाइ कास्की प्रहरीले पक्राउ गरेको छ । हत्या पछि फरार रहेका घर्तीलाई रुपन्देही प्रहरीको सहयोगमा रुपन्देहीमा   पक्राउ गरिएको हो । गत कार्तिक २२ गते पोखरा २७ रिठ्ठेपानीडाँडा स्थित घरमा डेरा गरी बस्ने बर्ष ३२ की शर्मिला घर्तीको उनका श्रीमानले हत्या गरेका थिए। हत्यारा पत्ता लगाउनका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले प्रहरी नायब उपरिक्षक रबिन्द्रमान गुरुङ्गको कमाण्डमा ५ सदस्यीय टोलि गठन गरेको थियो । गुल्मीको साबिक सिर्सेनी गाबिस  वडा नं ८ स्थायी घर भई बिगत २ बर्ष देखि पोखरा २७  रिठेपानी मा डेरा गरी बस्दै आएका घर्ती एक ग्रिल उद्योगमा कार्यरत थिए।

Leave a Reply