कम्युनिष्ट सरकारका कारण प्रजातन्त्र संकटमा : काँग्रेस नेता साउद

२५ कार्तिक २०७५, आईतवार

 

कैलाली । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले कम्युनिष्ट सरकारका कारण प्रजातन्त्र संकटमा परेको  बताएका छन ।
आइतबार धनगढीमा नेपाल प्रेस यूनियन कैलालीको ५ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता साउदले ने क पा नेतृत्वको सरकार संस्थागत भ्रष्टाचार, मूल्यवृद्धि लगायतका जनविरोधी काम गर्दै आएको भन्दै अब कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने समेत बताए।
ने क पा भित्र अन्तरबिरोध बढेको छ भन्दै नेता साउदले   दुइ तिहाई जनमत प्राप्त गरेको सरकारले स्थिरता ल्याउन नसकेको पार्टीभित्र बढेको अन्तरबिरोधले  हो उनले  भने, ‘‘सरकार आफै संस्थागत भ्रष्टाचारमा डुबेको छ । मूल्यवृद्धि, हत्या–हिंसा बढेको बढ्यै छ । यस्तो अवस्थामा कदापि समृद्धिको कल्पना गर्न सकिन्न । अब हामी महासमिति बैठक पछि एकजुट भएर सडक र सदनबाट आन्दोलन चर्काउँछौं साउदले भने ।
‘‘ आफ्नो जिल्ला भ्रमणको क्रममा काँग्रेसका  नेता–कार्यकर्ताहरुले  पार्टी एकजुट र एकढिक्का हुनुपर्ने मनोभावना ब्यक्त गरेका छन भन्दै उनले  कार्यकर्ताको  मनोभावनाको कदर गरेर अव पार्टीभित्रको गुटबन्दी पूर्णरुपमा निस्तेज पार्न आवस्यक रहेको उल्लेख गरे  । सुदूरपश्चिम प्रदेशको राजधानी  को सन्र्दभामा उनले गोदावरीको जंगलमा राजधानी  बनाउनु उपयुक्त नभएको पनि जिकिर गरे । गोदावरीको जंगल मासेर राजधानी बसाउँदा सुदूरपश्चिम आर्थिक रुपमा झन पछाडि धकेलिने साउदको भनाइ थियो ।
‘‘

Leave a Reply