६ सहसचिवलाई सचिव बनाएर बिभिन्न आयोगमा खटाईयो

२६ कार्तिक २०७५, सोमबार

 

काठमाडौं ,सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत ६ सहसचिवलाई सचिव बनाएर बिभिन्न आयोगमा खटाएको छ  । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ६ संवैधानिक आयोगका लागि कर्मचारी खटाउने निर्णय गरेको हो।

सरकारले दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदार प्रसाद पनेरु, मधेशी आयोगमा भुपाल बराललाई खटाउने निर्णय गरेको भने आदिवासी जनजाति आयोगमा रुद्र सिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई कार्यभार तोकेको छ ।

संविधान जारी भएसँगै गठन हुनुपर्ने यस्ता आयोग गठन सम्बन्धी विधेयक नै करिब डेढ वर्षपछि जारी हुँदा संविधान जारी भएको तीन वर्षपछि बल्ल पदपूर्ति गरिएको हो ।
ऐन जारी भएपछि उक्त आयोगमा पदाधिकारी नियुक्त सुरु हुनुपर्नेमा गत भदौ ५ गते मात्र गठनको प्रक्रिया थालिएको थियो ।

२०७२ असोज ३ मा जारी नयाँ संविधानले ८ वटा संवैधानिक आयोगहरु रहने व्यवस्था गरेको छ।

Leave a Reply