सरोज स्मृति प्रतिष्ठान गठन

२६ कार्तिक २०७५, सोमबार

पोखरा,युवाउद्यमी तथा सामाजिक ब्यक्तित्व  स्व सरोज अधिकारीको सम्झनामा पोखरा ३३ बागमारामा सरोज स्मृति प्रतिष्ठान गठन गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा  तिलक प्रसाद अधिकारी,उपाध्यक्षमा मनोजबहादुर कार्की,सचिबमा गोपीराज अधिकारी तथा कोषाध्यक्षमा बिना पगेनी अधिकारी रहेका छन ।सदस्यहरुमा दधिराम पौडेल,रामबहादुर पुन,,बिष्णुप्रसाद आचार्य,ऋषिमाया लामिछाने तथा दुर्गा केसी छन। बिभिन्न सामाजिक कार्य गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको हो ।
उद्योग ब्यबसाय,राजनीती तथा समाजसेवामा सक्रिय अधिकारीको मनाङ्गको तिलिचो ताल भ्रमणको क्रममा गत कार्तिक ७ गते ३४ बर्षको उमेरमा निधन भएको थियो ।
अधिकारी नेपाली काँग्रेसका वडा सहसंयोजक,लेखनाथ उद्योग बाणिज्य संघका  कार्यसमिति सदस्य तथा पर्यटन,कृषि,सहकारी,शिक्षा,लगायत बिभिन्न क्षेत्रमा आबद्ध थिए। अग्रज ब्यक्तित्व बाबुराम अधिकारीको अध्यक्षतामा भएको भेलाले प्रतिष्ठान गठन गरेको हो ।

Leave a Reply