विभिन्न पर्वको अवसरमा नयाँ नोट सटही सुविधा दिँदै : नेपाल राष्ट्रबैंक

२६ कार्तिक २०७५, सोमबार

काठमाडौं।  वर्षको एक पटक मात्रै नयाँ नोट सटही सुविधा दिँदै आएको नेपाल राष्ट्रबैंकले  वर्षभरी नै विभिन्न पर्वको अवसरमा नयाँ नोट सटहीको व्यवस्था गरेको छ । यस अघि दशैंमा मात्रै बाँड्दै आएको नयाँ नोटको सटहीलाई सहज बनाउदै बैकले यो सुबिधा ल्याएको हो।
नेपाल राष्ट्र बैंकका मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल राष्ट्रबैंकले आफ्ना सबै क्षेत्रीय कार्यलयहरुबाट  नोट सटही गर्न सकिने व्यवस्था गरेको छ । काठमाडौंमा भने थापाथलीमा रहेको राष्ट्रबैंकको कार्यालयबाट नोट सटही गर्न सकिने छ ।
निरौलाका अनुसार वर्षको पहिलो दिन नयाँ वर्षमा पनि अब नयाँ नोट पाईने भएको छ । त्यसपछि उभौली पर्वरबुद्ध जयन्ति, गाईजात्रा, गौरा पर्व, तीज, संविधान दिवसमा पनि नयाँ नोट पाईने छ ।
त्यस्तै, इन्द्रजात्रा, जितिया पर्व, दसैं, तिहार, छठ पर्ब, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्बरयोमरी पुन्हि ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्ब, महाशिवरात्री, फाल्गु पूर्णिमा, घोडेजात्रा, इद आयदि राष्ट्रिय चाडपर्ब तथा दिवसमा नयाँ नोट सटही गर्न पाइने भएको हो।

Leave a Reply