चितवनमा ७८ जुवाडेलाई कारवाही

२६ कार्तिक २०७५, सोमबार

चितवन, जिल्ला प्रहरी कार्यालयले जुवातास नियन्त्रण अभियानअन्तर्गत तिहारमा ७८ जुवाडेलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गरेको छ । प्रहरीले यस क्रममा रु ११ लाख २७ हजार बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कात्तिक १२ गतेदेखि २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनीबाट कौडा र तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । कात्तिक १२ गतेबाट २३ गतेसम्म जिल्लाको भरतपुर, रत्ननगर र खैरहनी क्षेत्रबाट कौडा र तास खेल्दै गरेका जुवाडे पक्राउ परेका हुन् । पक्राउ परेका उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार कारवाही गरिनेछ ।

Leave a Reply