बिमोचन

२६ कार्तिक २०७५, सोमबार

कुञ्ज थापा

म पुस्तक बिमोचन गर्न चाहन्छु
एउटा कबिको हातबाट
तर त्यस समारोहमा मेरा मुख्य अतिथि

दौरा सुरुवालमा होईन

कोरा कमेज र ढाका

टोपिमा होईन,

खुकुरी र तरबार भिरेर

गोरखाली ह्याट सिउरेर

केबल फौजी लिवासमा

मेरा दुई पुस्तक बिमोचन गरि दिनु हुने छ

जसमा एउटामा जनबादको कथा छ

अर्कोमा धनबादको गाथा छ।

 

अश्मिता र राष्ट्रीयता

राष्ट्र भित्रै हराएको ब्यथा छ

घुँयत्रो धनुष र साहसले

रक्षा गरेको चार किल्ला

उखेलिएको कथा छ

साँझ बिहान साँधमा

धाबा बोलिएको पिडा छ।

 

भरुवा बन्दुक भिरेर ब्याधा

गाउँ शहर घुमि रहेको अबस्था छ

रातभर मृगबास र गुँड खोजि रहेछ

साँझ बास बस्न नपाउँदै

छर्रा र एल जि खानु परेको छ।

सिकारी मृग साबका

टुक्रा टुक्रा पारी बिच बजारमा

भाउ लगाउँदै छ

कालिज र मुनाल छोप्ने

दाउ लगाउँदै छ।

 

आचार संहिता र भ्रष्टाचार

बागमतीसंगै पखालिएको छ

पापसंगै मिसिएर बिष्णुमती

आफै दुषित भै रहेछ ।

यस्तो संगिन बिषय बस्तु

समेटिएको मेरो किताबको रीबन

तपाँईको रंगिन तरबारले

काट्नु पर्ने छ।

 

फेरि यो देशमा राष्ट्रीयता

राष्ट्र गौरब र साँस्कृतिक

एकताको बिगुल फुक्नु पर्ने छ

भ्रष्ट आचार निर्मुल पारेर

बागमतीमा निर्मल जल

 

अबिरल बगाउनु पर्ने छ।

 

जनबाद र धनबादलाई

एउटै रथका दुई पाँग्रा बनाएर

युद्द मैदानमा कुदाउनु पर्ने छ

संघर्षमा घर्सि घर्षि आहत

बनेका योद्दाहरुलाई

मलहम लगाई पुनर्जिवन

दिनु पर्ने छ।

कबितामा कोरिएको राष्ट्र भावलाई

मुर्त रुपमा बदली

फेरि उचाल्नु पर्ने छ देशलाई

तीन बित्ता उचाली।

Leave a Reply