प्रेस युनियन कैलालीको अध्यक्षमा देउवा

२६ कार्तिक २०७५, सोमबार

दीपेन्द्र बस्नेत धनगढी,
नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा श्रवण देउवा चयन भएका छन् । सोमबार समापन भएको युनियन कैलालीको पाँचौं अधिवेशनबाट श्रवण देउवाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
सर्वसम्मत ढंगबाट चयन भएको कार्यसमितिको उपाध्यक्ष खुला मा दिनेश दहित र उपाध्यक्ष महिलामा भावना जोशी रहेका छन् ।
त्यस्तै, कार्यसमितिको सचिवमा सीताराम ओझा, सहसचिव महिला मा अनिता चौधरी र कोषाध्यक्षमा सुनील आउजी चयन भएका छन् । सदस्यहरूमा गगन ऐडी, कृतबहादुर बिष्ट, शंकर बोहरा, प्रदीप पाठक, धर्मेन्द्र बिष्ट, कैलाश कठायत र शेरबहादुर ऐर चयन भएका छन् ।
त्यस्तै, सदस्यमा रञ्जित लामा, हेमराज भट्ट, विवेक नागरी, विवश चौधरी, सविता बुढा, रूपा साउँद र उर्मिला अवस्थी चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमिदप्रसाद बागचन्द, कर्ण शाह, सिद्धराज भट्ट, भरत शाह, दीर्घराज उपाध्याय, टिएन जोशी, मोहन बुढाऐर, टेकराज जोशी, योगेश रावल, डिल्लीराज जोशी, प्रेम चौधरी, कपिल भट्ट, टीकाराम सुनार, चेतराज ओझा रोज, दीपक उपाध्याय, दुर्गाकुमारी सिंह, सुशीला देउवा र कमला विक चयन भएका छन् ।
त्यस्तै, प्रदेश प्रतिनिधिमा मनमोहन स्वाँर, हरि रेग्मी, हिमाल जोशी, नरेन्द्र भट्ट, भीम चौधरी, करुणा जोशी, प्रयागराज जोशी, तपराज बिनाडी, अनत चौधरी, विष्णु दौल्याल, तिलक ओझा, कृष्ण कुँवर, तपेन्द्र भूषाल, जयबहादुर बुढा, रामबहादुर चौधरी, सागर कुस्मी, प्रेमलाल चौधरी, राजेन्द्र जोशी, गीता जोशी, कमला चौधरी, लक्ष्मी बम, शान्ति जैशी ओझा, शान्ति ऐर र विनिता चौधरी चयन भएको मुख्य निर्वाचन अधिकृत भरत सिंहले जानकारी दिए ।
सोमबार नै अधिवेशनको निर्वाचन नतिजा घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रम भएको थियो ।
सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी धनगढी उपमानगरपालिका प्रमुख नृपबहादुर वडले पाँचौं अधिवेशनले संस्थाका लागि एकताको महत्त्वपूर्ण सन्देश दिएको बताए । उनले अब  युनियनले थप उचाई प्राप्त गर्ने चर्चा गरे ।
कार्यक्रममा युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु सिवाकोटी, उपमहासचिवद्वय प्रेम केसी र भीष्मराज ओझा, अधिवशेनका केन्द्रीय प्रतिनिधि रामबहादुर कुँवर, नेपाली काँग्रेस अछामका सहसचिव वेदप्रकाश तिमिल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, युनियनका केन्द्रीय सदस्य जगत साउँद, महासंघका पूर्व उपसभापति उमीद बागचन्द, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वाँर र महासंघका प्रदेश सचिव योगेश रावलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मुख्य निर्वाचन अधिकृत सिंहको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ओझाले गरेका थिए ।

Leave a Reply