नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने

२६ कार्तिक २०७५, सोमबार

नेपाली युवा क्रिकेटरलाई विदेशी प्रशिक्षकले प्रशिक्षण दिने भएका छन् ।
राईज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स कार्यक्रम अन्र्तगत पर्सिदेखी दुई विदेशी प्रशिक्षकले आगामी मंसिर ७ गतेसम्म प्रशिक्षण दिनेछन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी नेपाल क्रिकेट स्कूलका प्रवन्ध निर्देशक करण घिमिरेले दक्षिण अफ्रिकी पूर्व क्रिकेटर जोन्टी रोड्स र अफगानिस्तान तथा वेस्ट ईन्डिजका पूर्व फिल्डिङ प्रशिक्षक यान मारोन प्रशिक्षण दिन काठमाडौं आइसकेको जानकारी दिए ।
नेपाल क्रिकेट स्कूल र स्र्पोट्स् एड प्रा.लि.को आयोजनामा हुने कार्यक्रममा ८० जना युवा सहभागी हुनेछन् ।
कार्यक्रममा सहभागी हुन रजिष्ट्रेशन शुल्क ५० हजार रुपैयाँ तोकिएको छ ।
उनीहरुले १६ र १९ वर्ष मुनिका राष्ट्रिय टोलीका खेलाडीलाई पनि प्रशिक्षण दिनेछन् ।

Leave a Reply