सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ अब फिल्ममा, माघ २५ देखि प्रदर्शन

२७ कार्तिक २०७५, मंगलवार

सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ माघ २५ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले फिल्मका केही पाेस्टर सार्वजनिक गर्दै प्रेम दिवसकाे छेकाेमा प्रदर्शनको तयारी गरेको हो।

पोस्टरमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्रीलाई प्रस्तुत गरिएको छ। मुस्कान ढकालको निर्देशन रहेको फिल्म करिब एक वर्षअघि छायांकनका लागि फ्लोरमा निस्केको थियो।

निर्देशक ढकालले भने, ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो। अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा परिणत गरेका हुन् भने संवाद सुविन र सामीप्य मिलेर तयार गरेका हुन्। फिल्ममा आशिष र रेवतीको डेब्यु अभिनय रहेको छ।

Leave a Reply