फिल्म ‘सुश्री सम्पति’को ‘झुम्की’मा प्रियंकाको नृत्य (भिडियो)

२७ कार्तिक २०७५, मंगलवार

फिल्म ‘सुश्री सम्पत्ति’को दोस्रो गीत सार्वजनिक भएको छ।

तिहारको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी फिल्ममा समावेश आइटम गीत ‘झुम्की’ सार्वजनिक भएको हो। सार्वजनिक गीतमा प्रियंका कार्की, सलोन बस्नेत, विनोद न्यौपाने, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की बोल्ड अवतारमा प्रस्तुत छिन्। सुरेश अधिकारीको शब्द, संगीत रहेको गीतमा मिना निरौला र राजन इशानकाे स्वर सुन्न सकिन्छ। सुव्रतराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिमन्यू निरवीको पटकथा रहेको छ।

सलोन बस्नेत, सारा सिर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, सुनिता श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा प्रियंका भने अतिथि भूमिकामा मात्र रहेकी छन्। फिल्म मंसिर २८ गतेबाट प्रदर्शनमा आउने छ।

Leave a Reply