दाम्पत्य जीवन रोमाञ्चक बनाउन यसो गर्नुस्

२८ कार्तिक २०७५, बुधबार

 

विवाह एउटा रोमाञ्चक अनुभव हो । विवाह लगत्तै जीवन रंगीन बन्छ । तर, समय बित्दै जाँदा यो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदै जान्छ । केही नयाँपन आउँदैन ।
जिन्दगीले हामीलाई यस तरिकाले व्यस्त राख्छ कि हामी एक अर्काको लागि पर्याप्त समय नै दिन सक्दैनौं । ठूला–ठूला चाहनालाई पुरा गर्नतिर लाग्दा ससाना खुसीहरु हराउँछन्
तर, ख्याल राख्नुपर्ने कुरा के हो भने जति नै पुरानो सम्वन्ध भए पनि तपाईंको एक सानो मुस्कानले पार्टनरको अनुहारमा धेरै चमक देखिन सक्छ । । एक अर्काको हात थाम्नाले आनन्द मिल्छ ।
आफ्नो वैवाहिक जीवनलाई लामो समयसम्म रोमाञ्चक बनाउन यी विधीहरु अनुसरण गर्नुस ।पर्याप्त समय बिताउनुहोस्
हाँसो त्यो जादुमयी चीज हो जुन खुलेमा सबै दुःख हराउँछ । हाँसीमजाकले सम्बन्धमा आएको चिसोपना हटाउँछ । सबै कुरा राम्रो चलिरहेको अवस्थामा पनि हाँसोले सम्बन्धको लागि टनिकको काम गर्छ ।
तपाईंसँग समयको कमी भए पनि सकेसम्म म्यानेज गरेर एक–अर्काको साथमा धेरै समय बिताउने गर्नुहोस् । एक–अर्काको कुरा सुन्नुहोस्, समस्याहरुको बारेमा छलफल गर्नुहोस् र मिलेर यसको हल निकाल्नुहोस् ।
एक शोधका अनुसार जो मानिस विवाहपछि पनि हाँसो मजाक गरिरहन्छन् उनीहरुको वैवाहिक जीवन धेरै सुखद हुन्छ ।
सधैं खुसी रहनुहोस्
सधैँ खुसी रहने र आफ्नो वरिवरिका मानिसहरुलाई प्रसन्न राख्नु पनि एक कला हो । यो कला सबैमा हुँदैन तर, जसमा हुन्छ उनीहरुले सबैको मन जित्छन् । जीवनसाथीको रुपमा पनि यस्ता पुरुषहरुलाई महिलाहरुले प्राथमिकता दिन्छन् । चुपचाप, उदास रहेर आफैँमा हराउने पुरुषलाई कमै महिलाहरुले मन पराउँछन् ।
जो मानिस खुसी रहन र हाँस्न जान्छन् उनीहरु अक्सर समस्याहरुबाट लड्ने मामिलामा पनि धेरै सकरात्मक हुन्छन् । अधिकांश महिलाहरुलाई यस्तो पुरुष मन पर्छ जसको सेन्स अफ ह्युमर राम्रो छ, किनभने यस्ता मानिसहरु समस्यामा पनि दुःखी र उदास देखिँदैनन् ।
यति मात्रै होइन, उनीहरु मानिसहरुको भावनालाई पनि कदर गर्न जान्दछन् । उनीहरुलाई आफ्नो हाँसोठट्टाले मानिसहरुलाई केही समयको तनावमुक्त माहौल दिन सक्छ भन्ने कुरा थाहा हुन्छ ।
सँगै घुम्ने गर्नुहोस्
व्यस्त दिनचर्यासँगै एक अर्काको लागि समय निकाल्न पर्छ । बिहान छिट्टै उठेर वा भोजन गरेपछि बेलुकाको समय कतै टहल्नको लागि समय निकाल्नुहोस् । यसले सँगै समय बिताउने मौका पनि मिल्छ र सयर पनि हुन्छ ।
त्यस्तै छुट्टीको दिनमा दुई जनामात्रै कतै घुम्न जाने वा बेलुका डिनरको लागि बाहिर जाने गरेमा सम्बन्धमा सँधै नयाँपन महसुस हुन्छ ।
पुराना यादहरु बाँड्नुहोस्
कहिलेकाहीँ विवाहको पुरानो फोटो एल्बम निकालेर सँगै हेर्न सक्नुहुन्छ । ती सुन्दर पलहरुलाई एकपटक फेरि सम्झिन सकिन्छ । पुराना ती कुराहरुलाई याद गर्नुहोस् जसको कारणले तपाईंको सम्बन्ध मजबुत भएको थियो । सँगै बसेर एकअर्कालाई पुराना कुराहरु सुनाउँदा पनि खुसी मिल्छ ।
काममा सघाउने
धेरैजसो पुरुषहरुमा भान्छा पत्नीको मात्रै जिम्मेवारी हो भन्ने सोचाई हुन्छ । तर तपाईंहरु दुवै जना मिलेर त्यहाँ किन काम नगर्ने रु मिलेर काम गर्नाले एकजनालाई मात्रै बोझ पनि पर्दैन र दुईजना कुरा गर्दै काम गर्दा छिटो पनि हुन्छ ।
अझै छुट्टीको दिन पत्नीलाई सरप्राइज्ड बनाउनको लागि आँफै खाना पकाउनुभयो भने झन् राम्रो ।
पार्टनरको रोजाइलाई ध्यान दिनुहोस्
टिभीमा हाँसीमजाकको कार्यक्रम, कमेडी फिल्म वा शो सँगै बसेर हेर्नुहोस् । यसले साँच्चै नै तपाईंको सम्बन्धमा मिठास आउँछ र तपार्इंहरु एक–अर्काको नजिक आउनुहुनेछ ।
यसको साथसाथै आफ्नो पार्टनरलाई के कुराले धेरै खुसी बनाउँछ भन्ने बारेमा ख्याल राख्नुहोस् । उनीहरुलाई मनपर्ने उपहार दिने, रेष्टुराँमा उनीहरुलाई मनपर्ने खानेकुरा अर्डर गर्ने जस्ता स–साना कुराले नै आफ्नो पार्टनरलाई खुसी बनाउन सकिन्छ ।
साभार अनलाइन खबर

Leave a Reply