पोखरा ३ मा नेपाली काँग्रेसको साधारण सदस्यता बितरण अभियान शुरु

२९ कार्तिक २०७५, बिहीबार

 

पोखरा ,नेपाली काँग्रेस क्षेत्र नं ३ को निर्देशन अनुसार पोखरा ३ मा नेपाली काँग्रेसको सदस्यता बितरण अभियान शुरु गरिएको छ ।  संगठनलाई ब्यबस्थित ,मर्यादित,र अनुशासित तवरले संचालन गर्न साधारण सदस्यता अभियान शुरु गरिएको क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माले जानकारी दिनुभयो ।राष्ट्रियता,लोकतन्त्र र समाजबाद सिद्धान्तमा आस्था राख्ने   ब्यक्तिलाई साधारण सदस्यता दिन सकिने उहाँले बताउनु भयो । साधारण सदस्य बन्न १६ बर्ष उमेर पुरा गरेको नेपाली नागरिक हुनु पर्ने पनि उहाँले बताउनु भयो। नेपाली काँग्रेसका महासमिति सदस्य एबं सदस्यता बितरण अभियान वड नं ३ का संयोजक रामजि कुवँर ले काँग्रेसमा आन्तरिक जागरण ल्याउन अभियानले महत्वपुर्ण भुमिका खेल्ने बताउनू भयो ।

०७५ मंसिर को अन्त्य सम्म स्थानिय संगठनको अबस्था,साधारण सदस्यता बितरण संख्याको अभिलेखका साथ  प्रतिबेदन बुझाउन पनि संयोजक कुवँरले आग्रह गर्नु भयो । पुर्ब सांसद शारदा पौडेलले नेपाली काँग्रेसका साथै अन्य दलमा आस्था राख्ने  सदस्यहरुको अभिलेख राख्न पनि अभियानले सघाउने हुदाँ सत्य तथ्य डाटा संकलन गर्नु पर्ने धाराणा राख्नु भयो ।

नेपाली काँग्रेस वडा नं ३ कार्य समितिले आयोजना गरेको छलफलकार्यक्रममा क्षेत्र नं ३ का सचिब खिमलाल बाँस्तोला,जिल्ला सदस्य कृण्ण तिम्सिना,उमेशराज पराजुली,क्षेत्रिय सदस्य मधुसुदन पौडेल,सदस्यता बितरण समितिका सदस्य हरि प्रसाद लामिछाने ,राधा अधिकारी,बिनोद त्रिपाठी,मान बहादूर लामिछाने  लगाएतले आ आफ्ना बिचार राखेका थिए।  वडा नं ३ का १० वटै टोलमा सदस्यता बितरण का लागि  संयोजक  समेत तोकिएको नेपाली काँग्रेस वडा नं ३ कार्यसमितिका सचिब सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो । नेपाली काँग्रेस वडा नं ३ कार्यसमितिका सभापति दिलिप गीरी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सरिता तिम्सिना पगेनी ले गरेकी थिइन।

Leave a Reply