प्रेस युनियन राससमा रिसाल

२९ कार्तिक २०७५, बिहीबार

प्रेस युनियन रासस प्रतिष्ठान शाखाको अध्यक्षमा वरिष्ठ सम्पादक मोहिनी रिसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिष्ठान शाखाको आज सम्पन्न तेस्रो अधिवेशनले पूर्णप्रसाद मिश्र उपाध्यक्ष, छविलाल कुमाल सचिव, कुमार चौलागाईं कोषाध्यक्ष तथा मैना थापा, प्रीतम भट्टराई र आदित्य दाहाललाई सदस्यमा निर्विरोध चयन गरेको छ ।

त्यसैगरी केन्द्रीय पार्षद्मा सूर्यचन्द्र बस्नेत, पूर्णप्रसाद मिश्र, एकराज पाठक, सोमनाथ लामिछाने, निर्मला आचार्य, कृष्ण अधिकारी र कृष्णप्रसाद सापकोटा तथा प्रदेश पार्षद्मा दिलीप अधिकारी, छविलाल कुमाल, कुमार चौलागाईं, पवित्रा गुरागाईं, रोशा बस्नेत, प्रीतम भट्टराई र सिवी अधिकारी निर्विरोध चयन हुनुभएको छ । विसं २०४८ मा स्थापना भएको युनियनको रासस शाखाको तेस्रो अधिवेशन आजै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply