दुर्घटनाका घाइतेहरूलाई गाउमै चिकित्सकको टोली बोलाएर उपचार गराउदैं , काँग्रेस नेता डा खड्का

३० कार्तिक २०७५, शुक्रबार

नेपाली कांग्रेसका नेता तथा सांसद डा नारायण खड्काले केही दिन अघि उदयपुरको बेलका नगरपालिका ८ रंगमहलमा ट्याक्टर दुर्घटनामा परी घाइते भएका हरूलाई गाउमै चिकित्सकको टोली बोलाएर उपचार गराइरहेका छन । ट्याक्टर दुर्घटना पछि घाइते भएका हरूलाई उपचारको लागी बि।पि। कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठिान धरानमा उपचार लगिएको थियो । केही दिनको उपचार पछि डिस्चार्ज भएर आएका धेरै घाइतेहरुको चोटमा पुनः संक्रमण देखिए पछि डा। खड्काले आफ्नै पहलमा थप उपचारका लागि बि।पि। कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानबाट बिज्ञ चिकित्सक टोली झिकाई घाइते बिरामीहरुको गाउँमै उपचार गराएका हुन । डा।खड्काको अनुरोधमा चिकित्सक टोलिले पुरन्दह स्वास्थ्य चौकीमा थप सेवा दिएका छन् । गत आइतबार वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको भने ३५ भन्दा बढी घाइते भएका थिए । २० बर्षिय इन्द्र चौधरी, २० बर्षिय दीपिका चौधरी र १९ बर्षिय बिनिता चौधरीको दुर्घटनामा परी मृत्यु भएको थियो ।

Leave a Reply