आमा काममा गएको मौका छोपेर पाल्पामा ७ बर्षकी बालिका बलात्कृत, आरोपित युबक पक्राउ

३० कार्तिक २०७५, शुक्रबार

 

पाल्पा, पाल्पाको रामपुर नगरपालिका ४ मा ७ बर्षे बालिका बलात्कृत भएकी छ्न । आमा काममा गएको मौका छोपेर उनकै घरमा बालिकालाई बलात्कार गरेको आरोपमा भारत बेतियारका २२ बर्षका कौशर मियालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार साझ ५ बजेतिर बालिकालाई बलात्कार गरि भाग्दै गरेको अबस्थामा मियालाई प्रहरीले पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताउनुभयो । मिया कोठा भाडामा बसेर ज्याला मजदुरी काम गर्दै आएको प्रहरीले जनाएको छ । बालिकाको आमा घर आएको सुइको पाएलगतै भागेका मियालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मियालाई बिहिबार नै जिल्ला लगेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Leave a Reply