पोखरामा हूण्डी कारोबार गर्ने नेत्रलाल ज्ञवाली र प्रकाश थापा पक्राउ

१ मंसिर २०७५, शनिबार

पोखरा हुण्डी कारोवार गरेको आरोपमा   पोखरा–८ सभागृहचोकमा रहेको लुम्बिनी मनिट्रान्सफरका संचालक , पोखरा ५ मालेपाटनका नेत्रलाल ज्ञवाली र कर्मचारी पोखरा २ बिन्दबासिनिका प्रकाश थापा  पक्राउ परेका छन् ।
४ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश अनूसन्धान समूह  आरआईटी र जिल्ला प्रहरी कार्यलयबाट खटिएको  टोलीले ५१ वर्षीय ज्ञवाली र ३० बर्षीय थापालाई शुक्रबार कारोबार गरिरहेकै अवस्थामा १ लाख ५० हजार रुपैयाँ र एक थान कम्प्यूटर सहित पक्राउ गरेको  जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायब उपरिक्षक रबिन्द्रमान गूरुङ्ग ले जानकारी दिए । हङकङ देशबाट बिभिन्न ब्यक्तिको नाम राखी अबैध रुपमा रकम आएको पुष्टि भएपछि गोप्य सूचनाको आधारमा प्रहरी टोली मनिट्रान्सफरमा पूगेको थियो ।

Leave a Reply