संघियताको कार्यन्वयन हामीले पहिला गरेर देखायौं : मेयर जीसी

१ मंसिर २०७५, शनिबार

 

पोखरा , पोखरा महानगरपालिकाका मेयर मानबहादूर जीसीले पोखरा महानगरपालिका  संघियताको कार्यन्वयन गर्ने पहिलो महानगर बनेको दाबी गरेका छन ।शूक्रबार पोखराका क्रियाशिल पत्रकार महिलाहरु संगको भेटमा उनले पोखराका ३३ वटै वडालाई प्रतिनिधि निर्बाचित भएर आएपछि अधिकार प्रत्यायोजन गरिएको बताए।  योजना सम्झौता वडास्तरमै हून्छन्,राजस्व संकलन तथा हजार बर्गफिटसम्मका घरको नक्सापास वडा कार्यलय बाटै हून्छ भन्दै उनले अहिले महानगरमा सेवा लिन आउने सेवाग्राहिको भिड निक्कै पातलो हूँदै आएको बताए । महानगरका प्रत्येक वडामा एक जूनियर प्राबिधिक र दूई वडामा एक इन्जिनियर महानगरले खटाएपछि सम्झौता गरिएका योजनाहरु अनूमान लागत भन्दा कम लागतमै सम्पन्न हूने गरेको समेत मेयर जीसीले बताए। तोकिएको  समयमा योजना  सम्पन्न गर्न नसक्ने ठेकेदार र उपभोक्ता समिति संग पनि योजना सम्पन्न सम्झौता मिति नाघे देखि नै जरिवाना शूल्क लिने ब्यबस्था गरिएको बताए।
मेयर जीसीले हालसम्म ३० वटा कानून बनाईसकेको बताउदै महिलाका सवालमा काम गर्न आफू सधै प्रतिबद्ध रहेको समेत बताए। महानगरले पत्रकार महिलालाइ समेट्न नसकेको भन्ने क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीको जिज्ञासामा उनले   महानगरले प्रबाह गर्ने  बिभिन्न अबसरहरुमा पत्रकार महिलाहरुलाई पनि  समेट्दै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

Leave a Reply