समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली

३ मंसिर २०७५, सोमबार

 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा ९माओवादी केन्द्र०का युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेका छन् । माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताउनुभयो ।

नेपाली समाज परिवर्तन गर्न देखाएको भूमिका प्रेरणादायी रहेको भन्दै उहाँले प्रकाशको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टी एकता गर्ने सपना पूरा भए पनि त्यो एकता देख्न नपाएको बताउनुभयो । उहाँले समाजवाद नै अहिलेको सरकारको मुख्य ध्येय रहेको भन्दै मुलुकमा समाजवाद ल्याएर समृद्धि हासिल गरिने बताउनुभयो । प्रवक्ता श्रेष्ठले एउटै कम्युनिष्ट पार्टी निर्माणमा नेकपा रहेको उल्लेख गर्दै बाहिर रहेका वामशक्तिलाई पनि एकीकृत गर्ने प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेल र अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले प्रकाशले देखाएको बाटोमा युवा तथा विद्यार्थी हिँडेर मुलुकमा समृद्धि ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग ९वाईसीएल०, अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०का पदाधिकारीको सहभागिता थियो । प्रकाशको गत वर्ष आजैका दिन हृदयाघातका कारण निधन भएको थियो ।

Leave a Reply