हिमालयन शेर्पा विजयी 

३ मंसिर २०७५, सोमबार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको तेस्रो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

सशस्त्र प्रहरीको हल्चोकस्थित मैदानमा भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोलले पराजित गर्दै हिमालयन शेर्पाले जित हात पारेको हो । हिमालयनको जितमा खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै हिमालयन शेर्पाले दुई खेलबाट चार अङ्क जोडेको छ । पहिलो खेलमा हिमालयन शेर्पाले एपिएफसँग बराबरी खेलेको थियो । सरस्वतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सरस्वती सङ्कटासँग पराजित भएको थियो ।
आजको खेल सकिएसँगै विभागीय टोलीहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ र हिमालयन शेर्पाले एक जित तथा एक बराबरीको नतिजापछि समान चार÷चार अङ्कका साथ लिग तालिकाको क्रमश चौथो, पाँचौ, छैटौँ र सातौँ स्थानमा रहेका छन् ।

Leave a Reply