‘क’ वर्गका वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको नाफा नै बढी

४ मंसिर २०७५, मंगलवार

चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।
चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ ।
गएको वर्षको यही अवधिमा बैंकले ७० करोड ९५ लाख नाफा कमाएको थियो ।
बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी  एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ ।
बैंकको चुक्ता पूँजी रु नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Leave a Reply