१०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान

४ मंसिर २०७५, मंगलवार

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१
वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान
गरेर वितरण कार्यको शुभारम्भ गर्नुभएको भएको छ ।
गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण
गर्नुभएको छ ।
गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा
समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताउनुभयो ।
आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय
तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।
गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दुई वर्षभित्र देशका सबै जिल्लाबाट
राष्ट्रिय परिचयपत्र वितरणको कार्य थालनी हुने जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले
सबैै नेपालीको जैविक र वैयक्तिक विवरण समावेश भएको राष्ट्रिय परिचयपत्र
सबै नेपालीका हातमा पु¥याउने कार्य पाँचथरबाट प्रारम्भ भएको जानकारी
दिनुभयो ।
राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी
सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र
वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।

Leave a Reply