मुलुक संचालनमा सरकार पुर्ण रुपमा असफल : सिंह

४ मंसिर २०७५, मंगलवार

 

प्युठान। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुक संचालनमा यो सरकार पुर्ण रुपमा असफल भएको बताएका छन्।   नेपाल प्रेस युनियन प्युठानले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस नेता प्रकाशमान  सिंहले भने, नत बिकास बजेट खर्च गर्न सकिरहेको छ, नत दैनिक प्रसासन प्रभावकारी रुपमा संचालन गर्न सकिरहेको छ, नत आवश्यक शान्ति सुरक्षा दिन सकिरहेकोछ, नत अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावकारी बनाउन सकिरहेको छ। यतिका अवसर र सहज वातावरण हुँदा समेत केही गर्न नसकेकोले सरकार पुर्ण असफल भएको छ।ु
मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्न गरेको आलटालले सरकार कस्तो छ भन्ने प्रस्ट भएको सिंहले बताए। सरकारको अनुदार अनुहार निर्णय लुकाउने कार्यबाट प्रष्टिएको उनको भनाई थियो ।
काम केही गर्न नसक्ने तर अझै पनि विभिन्न मन्त्रालयहरुका अधिकार कटौती गरेर प्रधानमन्त्री कार्यालयमा ल्याउन प्रधानमन्त्री ओली उद्यत रहेको आरोप लगाउँदै सिंह भने, ुसरकार संघियता कार्यान्वयनका लागि समेत ध्यान नदिएर मुलुकमा राजनीतिक अन्यौल बढाउन लागिपरेको छ।ु
आफुहरुले सरकारलाई रचनात्मक प्रतिपक्षीको रुपमा खबरदारी गरिरहेकाले बिपक्षीको भुमिका प्रभावकारी भएन भन्नु उचित नहुने धारणा सिंहको थियो।
फरक प्रसंगमा हालको पार्टी नेतृत्वबाट प्रभावकारी काम हुन नसकेकाले विधि प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्नु पर्छ भन्ने आफुहरुको मान्यता रहेको उल्लेख गर्दै सिंहले आफूहरु पार्टी सुधारको अभियानमा लागिरहेको समेत बताए। नेता सिंह पार्टीको जिल्ला सम्मेलनमा सहभागि हुन सोमवार प्युठान पुगेका हुन।

Leave a Reply