रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ

0
25124

टीकापुर नगरपालिका–९ कालाकुण्डाबाट  रातको करिब २ :३० बजेको  समयमा पौने नौ लाख बराबरको १६ थान ब्याट्री, ५ थान पानी तान्ने मोटर र कपड। बरामद भएको छ।  अवैध सामान भित्रिरहेको सुराकी पाएपछि भन्सार कार्यालयको टोली सशस्त्र प्रहरी सहित कालाकुण्डा पुगेको थियो । कार्यालयका अनुसार टोलीले ८ लाख ६९ हजार ७१० रुपैयाँ बराबरको सामान पक्राउ गरेको हो ।  डुंगामार्फत मोहना नदी पार गरेको सामान गोरुगाडामा लैजाने क्रममा पक्राउ गरिएको कार्यलय प्रमुख बसन्त केसी ले जानकारी  दिए ।  टोलीलाई देख्ने बित्तिकै तस्करीमा संलग्न व्यक्तिहरु भने  भागेको कार्यालय प्रमुख केसीले बताए । उनले पक्राउ परेको सामान सात दिन भित्रै लिलाम गरिने बताए । यसअघि छोटी भन्सार रहेको सत्ती भन्सार कार्यालयमा स्तरोन्नती भएपछि चोरी तस्करीमा कमी आएको बताईएको छ ।