नेकपाका अध्यक्ष प्रचण्ड र खानेपानी मन्त्री बिना मगरको चर्काे आलोचना

४ मंसिर २०७५, मंगलवार

यतिबेला सामाजिक संजालहरुमा स्व प्रकाश दाहालको  स्मृति ग्रन्थको अन्तिम पृष्ठ भाईरल भएको छ । प्रकाश दाहाल स्मृति ग्रन्थको अन्तिम पृष्ठमा प्रकाश दाहालबारे  संक्षिप्त परिचयमा प्रकाश दाहाल पत्नी सृजना त्रिपाठी को नाम नभेटिएपछि  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र खानेपानी  मन्त्री बिना मगरको चर्काे आलोचना भएको छ । पोखराकी अभियान्ता गीता बिष्ट फेसबुकमा लेख्छिन ,  स्वर्गीय प्रकाश दाहालकी श्रीमती सृजनालाई लुकाउन सक्ने कम्युनिस्ट पाटिका अध्यक्ष पुष्पकमल र मन्त्री बिना मगरबाट नेपाली महिलाले के अपेक्षा गर्ने रु गीता बिष्टको  पोष्ट मा   अनमोल अबिनाश यसरी कमेन्ट गर्छन कमरेड प्रचण्ड यो बेला तपाईं शोकमा हनुहुन्छ , त्यसैले धेरै लेखिन तर प्रचण्ड नाम आफैमा कठोर भए पनि नेता हुँदा लचिलो, अभिभावक हुँदा भावुक पिता र उदार अभिभावक हुन् भनेर धेरैले भने १
कमरेड अब असल ससुरा र असल हजुरबुबा बनेर बुहारी सिर्जना त्रिपाठी र नाति प्रति आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुहोस् । कि सिर्जना बुहारी हुँदैहोइन भनेर सार्वजनिक रूपमा भन्दिनु पर्यो होइन भने एउटा पति वियोगान्तमा रहेकि नारि काँखमा छोरो च्यापेर कहिले काठमाडौं , कहिले पोखरा गर्दै बस्छिन् तर तपाईंको खुमलटार स्थितको आलासिन महलको छाया सम्म पाउँदिनन् भने यो जत्तिको अन्याय के होलारु
स्मृति पुस्तकमा पत्नीको नाममा सिर्जनाको नाम किन लेखिएनरु विनाको त्यत्रो सान हुने तर सिर्जना चाहिँ आफ्नै घरमा पाउना जसरि कुनामा बसेर आफ्नो पतिको तस्बिरमा फुल चढाउनु पर्ने, उनैको कोखबाट जन्मेको छोरो नाति हुने तर उनी तपाईंको बुहारी अर्थात स्व प्रकाशको श्रीमती नहुने यो कुन र कस्तो माक्र्सवादी सिद्धान्त हो कमरेड
यस्ता खाले अन्याय डलरबादि महिलाअधिकारकर्मिले पचाए पनि हामी पचाउन सक्दैनौं , त्यसैगरि  यो सरासर अन्याय हो। आफ्नो पति छोडेर पोइल जाने ल्याइते श्रीमती अरे सस झ्याम झ्याम बाजा बजाएर बिहे गरिएको श्रीमती को पत्नी को रुप मा नामै छैन भन्दै टिकाराम बाँस्तोलाले कमेन्ट गरेका छन ।  सामाजिक अभियान्ता अनिषा बरालले प्रकाशको श्रीमतीको दर्जा नपाइ सिर्जनाको छोरालाई कसरी प्रकाश पुत्र भनियो अचम्म छ बा,  ३ करोड नेपालीका अभिभावक भनिएका प्रचण्डले आफ्नै घरमा आफ्नै बुहारीलाई न्याय दिन सक्दैनन् भने हामीले के अपेक्षा गर्ने भन्दै फेसबुकमा स्टाटस लेखेकी छन । प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा किन प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्रै नाम राखियो ,सृजना त्रिपाठीको राखिएन ,यतिबेला सर्बत्र चासोको रुपमा हेरिएको छ ।

 

Leave a Reply