ताला फोरेको विरोधमा पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आक्रोशित

४ मंसिर २०७५, मंगलवार

पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड साइन्सको डिन कार्यलयमा विद्यार्थीहरुले लगाएको ताला फोरेको विरोधमा विद्यार्थीहरु आक्रोशित भएका छन् । हेल्थ एण्ड साइन्ुका डिन खेमराज जोशीले वार्ता र संवाद नगरी एकतर्फी रुपमा प्रहरीको सहयोगमा ताला फारेको आरोप विद्यार्थीहरुले लगाएका छन् । ताला फोरेको विरोधमा एमपिएच अध्ययनरत विद्याथीहरुले पो वि केन्द्रिय कार्यलयको मुल ढोकामा तालावन्दी गरेको एमविएच अध्ययनरत विद्यार्थी नारायण सापकोटाले जानकारी दिए । उनले विद्यालय प्रशासनले वार्तामा नवोलाई स्ववियु र प्रहरीको सहयोगमा ताला फोरीएको हँदा थप आन्दोलन गर्नु परेको पनी जानकारी दिए । आज नै अनेरास्वीयु क्रान्तिकारी र नेपाल विद्यार्थी संघ, पो वि ले समेत तालावन्दी गरेको नेविसंघ नेता विकास रानाभाटले वताए । उनले एमपिएचमा अध्ययनरत विद्यार्थीहरुको आन्दोलनको समर्थन गर्दै वार्ता र संवाद मार्फत जान आग्रस समेत गरेका छन् ।
काठमाण्डौ स्थित नोभेल कलेजमा विना भर्ना प्रक्रिया, चर्को शुल्क लिएर विद्यार्थी भर्ना गरेको र सवै भर्ना कार्यक्रम केन्द्रिकृत हुनु पर्ने माग विद्यार्थीहरुको रहेको छ ।

Leave a Reply