नेपाल खानेपानी संस्थानमा कार्यरत कर्मचारीहरु तीन दिनदेखी आन्दोलनमा

0
1227

नेपाल खानेपानी संस्थानमा कार्यरत कर्मचारीहरु तीन दिनदेखी आन्दोलनमा  छन्।   आन्दोलनलाई  नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले महासंघकोतर्फबाट ऐक्यबद्दता जनाएका छन्। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मजदुरलाई कसैले कमजोर नठान्न उनले  चेतावनी समेत  दिए। संस्थानका कर्मचारीले माग राखेर आन्दोलनमा जानै नपर्ने खालका माग राखेपनि व्यवस्थापन पक्षको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गर्दै मजदुर कर्मचारीहरुको हक र हित संरक्षणकालागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने आचार्यले बताए।

संस्थानमा क्रियाशिल चारवटा युनियनहरुले संयुक्त रुपमा गरिरहेको आन्दोलनले संस्थानमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन्।
कर्मचारीको संस्थाहरुले ०६६ सालको विज्ञापनको नतिजा प्रकाशन गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयन गर्नुपर्ने, संस्थानमा कार्यरत सम्पूर्ण दैनिक ज्यालादारी तथा करार कर्मचारीहरुको स्थायी गर्नुपर्ने, विनियम अनुसारको सरुवा बढुवा हुनुपर्ने, संस्थानमा आर्थिक पारदर्शीता कायम हुनुपर्ने र कर्मचारी अभाव भए पनि पुर्वाग्रही भई काम विहिन बनाइएकोले काम दिनु पर्ने मागहरु राखेका छ्न्।

आन्दोलनलाई नेपाल सार्वजनिक संस्थान कर्मचारी संघको समेत समर्थन रहेको संयुक्त आन्दोलन समितिका संयोजक रामजी अर्यालले जानकारी दिए ।
संघर्ष समितिले मंगलबारको आन्दोलन सकिएको भन्दै बुधबार पुर्बनिर्धारित  कार्यक्रम अनुसार प्रधान कार्यलय त्रिपुरेश्वरमा सहभागी हुन सम्पुर्ण कर्मचारीहरलाई अनुरोध गरिएको सुचना अधिकारी केदार धमलाले जानकारी दिए ।