आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी राना
कुमार चौलागार्इं
“खेलकूदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकूदले मानिसलाई यसरी एकताबद्ध गर्छ की जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो त्यहाँ खेलकूदले आशा जगाउनसक्छ”नेन्सल मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कृतिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेल खाएको छ ।
नेपाली सेनाका सहायक सेनानी एवं पाराओलम्पियन बैतडीका विक्रमबहादुर रानाको जन्मदा स्वस्थ जीवन एउटा दुर्घटनाले शारीरिक अशक्तता बनायो । २०५६ सालमा नेपाली सेनामा भर्ती भएपछि सशस्त्र द्वन्द्वका बेलामा २०६० भदौ २६ गते तत्कालीन माओवादी विद्रोहीले थापेको एम्बुसमा परी उहाँका दुबै आँखाका ज्योति गुम्यो ।
आफ्नो हेर्न शक्ति खोसिएपछि विरक्तिएका रानाको अथक मेहनत र परिश्रमले अहिले उहाँलाई दृष्टिविहीन क्रिकेटका वादशाहका रुपमा स्थापित गराएको छ । रानाले काठमाडौँ–नुवाकोट कुर्केभञ्ज्याङको चेकप्वाइन्ट जाने क्रममा एम्बुसमा परेर दुबै आँखाका नानी गुमाउनुप¥यो ।
उक्त घटनालाई सम्झँदै रानाले भन्नुभयो, “घटनामा दुईजना सहकर्मी साथी गुमाएँ, तीन दिनसम्म होश आएको थिएन, छाउनी अस्पतालमा उपचार भयो, दायाँ पूरै गुमिसकेको र बाँया अलिअलि देख्ने गरेको थियो त्यो पनि उपचारका क्रममा गुम्यो । सञ्चारको युग थिएन, दुई महीनापछि घर परिवारले थाहा पाए, सडक सञ्जालले पनि नछोएको हाम्रो विकट गाउँमा पर्दछ ।”
रानाले भन्नुभयो, “त्यति बेला आफूलाई म मात्र हो यो संसारमा अपाङ्गता भएको व्यक्ति जस्तो लाग्थ्यो । बाँचेर पनि केही हुदैन अब म मर्नुको विकल्प छैन भनिठान्थे, जीवनप्रति वितृष्णा जागेर आउँथ्यो ।” अस्पतालमा छ महीनाको उपचारपछि युद्ध भैरव गणअन्तर्गतको नं १० बाहिनी गएका राना त्यहाँ आइसकेपछि जीवनमा नयाँ केही गर्नुपर्छ भन्ने सोचेर खेल क्षेत्रमा होमिनुभयो । जागिर १० नं बाहिनीमा थियो भने बाँसबारी क्वाटरमा बसेको थिए ।
नेपाल नेत्रहीन सङ्घले फर्काएको खुशी
अफिस र निवास आउने जाने क्रममा नेपाल नेत्रहीन सङ्घका अध्यक्ष दरबहादुर लिम्बूसँग भेट भएपछि रानाको जीवन नै परिवर्तन भयो । लिम्बूले रानालाई पनि खेलकूदमा आउन प्रेरणा दिएपछि परिवारको सहयोगमा उहाँ खेल क्षेत्रमा सक्रिय हुनुभयो ।
त्यतिबेला आफ्नो परिवारले भनेको कुरा सम्झँदै रानाले भन्नुभयो, “घटना भइसकेपछि दुःख मानेर बस्ने कुरा हुन्न, तिमी जस्तै अरु पनि धेरै छन्, तिमीले आफ्नो नयाँ पाइलाअघि बढाउनुपर्छ, यसो भनिरहँदा आमा आफै रुनु हुँदोरहेछ तर मैले देख्दैनथेँ ।”
परिवार, नेत्रहीन सङ्घ र कार्यरत युद्ध भैरव गण, त्यहाँका साथी र नेपाल सेनाकै सहयोगले आज आफू यो स्थानमा पुगेको रानाको भनाइ छ । आफ्नो पहिलो खेल अनुभवबारे रानाले भन्नुयभो, “नेत्रहीनको पनि क्रिकेट हुन्छ, भनेर थाहा पाएपछि भक्तपुरस्थित दृष्टिविहीन पढ्ने सानोठिमी क्याम्पसमा पुगियो । त्यहाँका साथीसँगको सल्लाहमा पाकिस्तानबाट दुईजना नेत्रहीन क्रिकेटरलाई यहाँ बोलाएर हामीले खेल्न शुरु गरेका हौँ ।”
पहिलो दिनको खेल सम्झदै रानाले भन्नुभयो, “पहिलोपटक बल र ब्याट छुँदा अनौंठो अनुभव गरे, कुण्ठित भएर बस्नुपर्ने अवस्थाको अन्त्य भयो । सन् २०१२ मा विश्वकप र पारा ओलम्पिक खेल्ने मौका पाएँ, आँखा गुमे पनि भाग्य रहेछ भन्ने लाग्यो ।”
सङ्घर्ष नै जीवन हो, भन्ने भावनाबाट प्रेरित राना आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी बन्नुभयो ।
नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा पहिलो चौका हान्ने खेलाडीको रुपमा रानाले आफ्नो नाम लेखाउनुभएको छ । २०६४ सालदेखि निरन्तर तीन वर्षसम्म वर्षको उत्कृष्ट राष्ट्रिय खेलाडीको रेकर्ड पनि रानाले नै कायम गर्नुभयो ।
विसं २०६४ मा पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’, ‘म्यान अफ द म्याच’ घोषित राना एथलेटिक्सका पनि राम्रो खेलाडी हुनुहुनुन्छ । एशियान गेम्समा राम्रो प्रदर्शनले गर्दा सन् २०१२ लण्डन पाराओलम्पिकसम्म पुग्नुभएका उहाँले दृष्टिविहीनको तीनवटा विश्वकप खेलेपछि उहाँले सन्यास लिनुभएको छ ।
उत्कृष्ट खेल प्रदर्शन गरेबापत उहाँले पारा एथलेटिक्स अवार्डसहित अन्य विविध सङ्घ संस्थाद्वारा पुरस्कृत भइसक्नु भएको छ । सबैका लागि खेलकूद भन्ने अवधारणाअनुरुप अपाङ्ता भएका व्यक्तिले पनि खेल्न सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल हुनुभएका राना सवलाङ्गसरह अपाङ्गता भएकाले पनि खेल खेल्न पाउनुपर्नेमा जोड दिनुहुन्छ ।
नेपाल, चीन, पाकिस्तान, बेलायतलगायत देशमा अब्बल क्रिकेट खेलाडीको छवि बनाउनुभएका रानाका सङ्घर्ष सराहनीय छन् । रानाले सन् २०१२ मै लण्डन पारा ओलम्पिक १०० र २०० मिटरमा दक्षिण एशियाली रेकर्ड कायमसमेत कायम गर्नुभएको छ । क्रिकेट खेलबाट सन्याल लिएका राना अहिले दृष्टिविहीन क्रिकेटकै विकास लाग्नुभएको छ ।
श्रीमती, दुई छोरा र आमासँग अहिले काठमाडौँमा जीवन बिताइरहनुभएका उहाँ केही समस्या केही अभावकाबीच सिमित विश्वास र भरोसामा बाँचिरहनुभएको छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
८ चैत्र २०७९, बुधबार -
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार -
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
६ चैत्र २०७९, सोमबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
इतिहास तथा संस्कृति विभागद्वारा पृथ्वीनारायण क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत
पोखरा ।इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पसले स्नातकोत्तर तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागतका साथै अभिमुखीकरण कार्यक्रम गरेको छ । विभागका प्रमुख बसन्त पराजुलीले इतिहास विषयको परिचय र महत्वका विषयमा प्रकाश पारेका थिए । ‘बाहिरबाट हेर्दा इतिहास भन्नासाथ राजा, महाराजा, सम्राट र शासकहरूको जीवनी र गाथालाई मात्र लिने गरिन्छ । तर, आज इतिहास युद्धको […]
Leave a Reply
You must be logged in to post a comment.