प्रधानमन्त्री बरालिएको टिप्पणी

६ मंसिर २०७५, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको टिप्पणी गरेका छन् ।
आज धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको  आफुले पाएको बताएका हुन् । प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ, तर के गर्याे भने राम्रो हुन्छ भन्नेमा मेसो पाउन सक्नु भएको छैन थापाले भने ।
‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन,’ उनले भने भने, ‘हिजो मन्त्री र सचिवहरुको बैठक हेरेँ, मलाई रिजल्ट देउ भनिराख्नु भएको छ र, रिजल्ट कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’ । त्यही कारण परिणाम नआएको उनको दाबी छ ।

Leave a Reply