सभापति देउवाद्वारा दुःख व्यक्त

८ मंसिर २०७५, शनिबार

 

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाईको पिता वीरेन्द्र प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गरी सभापति देउवाले स्वर्गीय प्रसाईले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले उहाँको मृतआत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
७९ वर्षीय प्रसाईंको शुक्रबार झापास्थित आफ्नै निवासमा निधन भएको थियो ।

Leave a Reply